काठमाडौं– हिमालय एअरलाइन्स्ले युएईमा उडान सुरु गरेको छ।
कम्पनीले अबुधाबीमा हप्ताको तीन दिन उडान भर्ने जनाएको छ।
काठमाडौंको त्रिभुवन विमानस्थलबाट १४८ यात्रु सहित २१ः३० मा अबुधाबी उडेको एअरलाइन्स्को एचनाइन ५६७ विमानले अबुधाबीको अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार ००ः५३ मा अवतरण गरेको थियो।
फीर्ति उडान अबुधाबी अन्तर्राष्ट्रिय विमानस्थलबाट १५० यात्रु सहित एचनाइन ५६८ विमान अप्रिल १, २०१९ मा स्थानीय समय ०२ः३१ मा उडान भरेर काठमाडौंको त्रिभुवन विमानस्थलमा स्थानीय समय ०८ः४१ बजे अतवरण गरेको छ।
युएईका लागि स्थानीय बजार व्यवस्था कार्य हेर्न एअरलाइन्स्ले फिशटेल ट्राभल एण्ड टुरिजमलाई नियुक्त गरेको छ।
FACEBOOK COMMENTS