काठमाडौं, माघ १– नयाँ पात्रोअनुसार २०७७ सालको दशैँ र तिहार झण्डै एक महिना पछाडी धकेलिएको छ ।
नयाँ पात्रोअनुसार २०७७ सालको असोज महिनामा मलमास परेकाले दशैँ कात्तिकमा परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
आउँदो वर्ष कात्तिक १ गते घटस्थापना परेको छ भने फूलपाती ७ गते, महाअष्टमी ८ गते, महानवमी ९ गते र विजयादशमी १० गते परेको छ।
यस्तै भाइटिका मंसिर १ गते परेको छ । तिहार कात्तिक २८ गतेदेखि सुरु हुनेछ । २८ गते काग तिहार, २९ गते कुकुर तिहार र लक्ष्मी पूजा, ३० गते गोवर्द्धन तथा म्ह पूजा र भाइटीका मङ्सिर १ गते परेको छ ।
मलमास नपरेको बेलामा दशैँ सामान्यतया असोज पहिलो हप्ता सुरु हुन्छ । मलमासका कारण आउँदो वर्ष विवाहको साइत पनि घटेको नेपाल पञ्चाङग निर्णायक समितिकाले जनाएको छ ।
FACEBOOK COMMENTS