काठमाडौं, असोज ९ – शुक्लाफाँटा नगरपालिका ११ लोहारपुर बस्ने तेज बहादुर ऐरको खाजाघरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २८ वर्षीय एकिन्द्र सुनार लगायत १९ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
उक्त खाजाघरमा तास खेलिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ४४ हजार १ सय ८० रुपैयाँ, १३ वटा तासको गड्डी सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS