काठमाडौं, फागुन १७ – पछिल्लो २ कारोबार दिनसम्म घटेको बजारले सोमबार सकारात्मक लय समातेको हो । सोमबार शेयर बजार परिसूचक (नेप्से) ४०.५४ अंकले वृद्धि भएर २ हजार ५ सय १५ दशमलव ०३ अंकमा पुगेको छ ।
यो दिन बजारमा १ करोड १८ लाख कित्ता शेयर बिक्री हुँदा ५ अर्ब ६९ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
आज बजारमा १ सय ७४ कम्पनीको कारोबार भएकोमा १ सय ६३ कम्पनीको मूल्य बढेको छ । ७ वटा कम्पनीको मूल्य स्थिर रहँदा ४ वटा कम्पनीको मात्रै मूल्य घटेको छ ।
बजारमा आज सर्वाधिक चन्द्रागिरी हिल्सको मूल्य सकारात्मक सर्किट लागेको छ । ४० अंकले बजार बढ्दा पनि अरु कम्पनीको भने सर्किट लागेको छैन । सबैभन्दा बढी गुमाएको सिटिजन्स म्युचुअल फण्डको मूल्य १.८४ प्रतिशतले मात्रै घटेको छ ।
FACEBOOK COMMENTS