![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । एसजी गु्रप अन्तर्गत नेपालमा बिक्री भइरहेको मोटरहेड र टारो ब्राण्डका वाइक तथा स्कुटर विभिन्न शोरुममा एकै ठाउँबाट खरिद गर्न सकिने भएको छ ।
ग्राहकहरुले डर्ट, स्क्रयाम्वलर, क्रसओभर, स्पोर्ट तथा स्कुटर गरी ५ सेग्मेन्टका दुई पाङ्ग्रे साधन एकैसाथ विभिन्न शोरुममा पाइने भएको हो ।
यसका साथै बिक्रीपछिको सेवा पनि हाल कायम रहेको सर्भिस सेन्टरलाई अफग्रेड गरी सञ्चालनमा ल्याउने कम्पनीले जनाएको छ । जसले गर्दा ग्राहकलाई पार्ट्स तथा सर्भिसिङ र मेन्टीनेन्समा सहज हुने कम्पनीको विश्वास छ ।
ग्राहकले काठमाडौंको नक्साल, बालाजु, मित्रपार्क, टेकु, ललितपुरको धोबिघाट तथा भक्तपुरको सल्लाघारी स्थित शोरुमहरुमा गई उक्त दुवै ब्राण्डको अवलोकन तथा टेष्ट राइड गरी खरीद गर्न सक्नेछन् ।
साथै, कम्पनीले ग्राहकमुखी वातावरण कायम राखी उक्त उद्देश्यलाई साकार बनाउन आफ्ना शोरुमहरुमा यही भदौ १९ गतेबाट उपत्यका व्यापी शोरुम टेष्ट राइड कार्यक्रमको शुरुवात गर्दैछ । जहाँ ग्राहकले टेष्ट राइड गरी उपहार जित्नुको साथै विभिन्न गेममा सहभागी भई थप उत्साहित माहोलमा अन्य उपहार पनि जित्न सक्नेछन् ।
FACEBOOK COMMENTS