काठमाडौं । राप्रपाले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
काठमाडौंमा सोमबार सार्वजनिक गरेको घोषणापत्रमा दुईपटकभन्दा बढी कार्यकारी पदमा बस्न नपाउने प्रस्ताव गरेको छ ।
‘एक व्यक्ति दुई कार्यकालभन्दा धेरै पार्टी अध्यक्ष, प्रधानमन्त्री जस्तो कार्यकारी पदमा बस्न नपाउने,’ राप्रपाले आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ ।
FACEBOOK COMMENTS