काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले सेयरधनीका लागि २५ प्रतिशत लाभांश पारित गरेको छ ।
संस्थाको आज शुक्रबार सम्पन्न बीसौं वार्षिक साधारणले सेयरधनीलाई १९ प्रतिशत बोनस र ६ प्रतिशत नगद गरी २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
सञ्चालक समितिका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा बसेको सभाले वित्तीय संस्थाले आर्थिक वर्ष २०७७÷७८ मा रू. ६८ करोड ६२ लाख ५१ हजार ५ ७१ रूपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको जानकारी दिएको छ । साधारण सभाले आर्थिक वर्ष २०७७÷०७८ को वासलात, नाफा–नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरण समेत पारित गरेको छ ।
स्वावलम्बनले चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म ६१ जिल्लाका १४५ शाखा÷उपशाखा कार्यालय तथा ९ वटा इलाका कार्यालयबाट २ लाख ५४ हजार ९ सय ८७ महिला ग्राहक सदस्यहरूलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । सो अवधिमा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जा रकम रू. १९ डेढ अर्व ४९ करोड ८७ लाख ४ हजार पुगेको छ । वित्तीय संस्थाको आन्तरिक पूँजी निर्माणमा सहयोग पुग्ने सदस्यको बचत यस अवधिसम्ममा रू. ११ अर्व ३ करोड ६३ लाख ४५ हजार रहेको छ ।
राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाका रूपमा कारोवार गरिरहेको र वित्तीय पहुँच कम रहेका देशको सातै प्रदेशका हिमाल, पहाड र तराईका विभिन्न ग्रामीण तथा शहरी क्षेत्रमा कार्यक्षेत्र विस्तारको योजना साथ अगाडि बढेको संस्थाको अधिकृत पूँजी १ अर्ब १५ करोड रूपैयाँ साथै जारी तथा चुक्ता पूँजी रू. १ अर्ब १२ करोड २१ लाख ७० हजार कायम गर्ने निर्णय समेत यस साधारणसभाले गरेको संस्थाका वरिष्ठ प्रबन्धक राजेन्द्र धितालले जानकारी दिएका छन् ।
FACEBOOK COMMENTS