प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको फूलकोर्ट बैठक बहिस्कार गर्ने परामर्शमा न्यायाधीशहरु जुटेका छन् । असन्तुष्ट न्यायाधीशहरु एक ठाउँमा भेला भएर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको काम कारवाहीमाथि छलफल गर्न थाले पछी आइतबार खाजा समय पछी सर्वोच्च अदालतमा कुनै पनि इजलास बस्न सकेन ।
छलफलमा न्यायाधीशहरु दीपककुमार कार्की सहित मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदीको उपस्थिति रहेको थियो ।
बाकि न्यायाधीश ईश्वर खतिवडा अमेरिका भ्रमणमा रहेको तेस्तै न्यायाधीश अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान, तेजबहादुर केसी, कुमार चुडाल काठमाडौं बाहिर छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएको फूलकोर्ट बहिष्कारको निर्णय गरेका सर्वोच्च अदालतका १४ न्यायाधीशले इजलास समेत बहिष्कार गर्ने चेतावनी दिएका छन् ।
छलफलमा न्यायाधीश हरि फुयालले आफूले संवैधानिक इजलास गठनबारे संविधानमा भएको व्यवस्था र अदालतमा विचाराधीन विषयमा कुन हदसम्म बोल्न पाइन्छ भन्नेबारे पनि व्याख्या होस् भनेर आदेश गरेको, त्यसबाहेक आफ्नो अन्य मनसाय नभएको बताएका थिए । तेसैगरी सत्तामा पुगेको राजनीतिक नेतृत्वसँग उठ्बस गर्ने र सौदाबाजीमा लाभ लिने, तर न्यायालयबाट लाभ नहुने राजनीतिज्ञले सेटिङ र मिलेमतोको आरोप लगाउँदा मौन रहने नेतृत्वको प्रवृत्तिले आफूहरुको आत्मसम्मानमा चोट पुगेको भन्दै प्रधानन्यायधाधीशले मार्गप्रशस्त गर्नुपर्छ , गरेनन् भने सोमबार बिहान ११ बजे बस्ने बैठकबाट थप निर्णय गर्ने बताएका छन् ।
FACEBOOK COMMENTS