अहिले शेयरमा लगानी गर्ने कुल ४५ लाख ३९ हजार ९३१ जनाले डिम्याट खाता खोलेका छन् । यी मध्ये ३६ लाख ५२ हजार ९७८ जनाले मेरो सेयरको युजर आइडी र पासवर्ड लिएका छन् ।
शेयर बजारमा थोरै पुँजी छ भने पनि त्यसको रिटर्न पाउन सकिन्छ तर त्यसको लागी शेयर बजारको बारेमा जानकार भने हुनु पर्ने हुन्छ । विद्यार्थी, व्यापारी, जागिरे, गृहणी , रोजगार र बेरोजगार सबैले जुनसुकै क्षेत्रमा बसेर यसको कारोबार गर्न सक्ने भएकाले यति राम्रो अबसरलाई सदुपयोग गर्न जानियो भने नाफा कमाउन सकिन्छ ।
शेयर बजार अबसर र संभावना भएको क्षेत्र हो । यसमा लगानी गर्ने लगानीकर्तामा पुजीँ, ज्ञान र सुचना छ र यसलाई फ्युजन गरेर जसले लगानी गरेको हुन्छ । त्यसलाई लगानी गर्दा बेफाईदा हुने संभावना धेरैनै कम हुन्छ । लहैैलहैमा लागेर हल्लाको पछि लागेर लगानी गर्नेका लागी भने लगानीकर्ताले नाफा हुनबाट बञ्चित हुनु पर्ने हुन्छ । गरेको सबै लगानी गुमाउनु पर्ने हुन्छ ।
शेयर बजारमा लगानी गर्नेहरु साना ,ठुला, दिर्घकालिन हुन्छन् त कोहि छोटोछोटो समयका लागी लगानी गर्ने ट्रेडर लगानीकर्ता पनि हुन्छन् । जसले जसरी लगानी गरे पनि सबैको उदेश्य भनेको नाफा कमाउने नै हो । । त्यसका लागी नेपालको शेयर बजारमा लगानीकर्ताले सुरुवाती क्षणमा आफ्नो क्षमता अनुसारको लगानी गर्नु पर्ने हुन्छ ।
शेयर बजारमा उतारचढाब हुन्छ नै तर शेयर बजार खरिद विक्रि गर्नका लागी कात्तिक महिनालाई राम्रो नै मानिन्छ । तर शेयर बजारमा सिजन अफसिजन हुने भएकाले लगानी कर्ताले विशेष अध्यन भने गर्नै पर्ने हुन्छ ।
शेयरमा बजार घट्दा आफ्नो पुँजी जोगाउनका लागी लगानीकर्ताको ध्याकार्षण नियामक निकायतिर हुन्छ । त्यहाँबाट सहि सुचना नआउँदा त्यहाँका मान्छे संवेदनशिल नबन्दा र चुपचाप बसिदिँदा लगानीकर्ताको मनोबल घट्न जान्छ र लगानीकर्ता आत्तिने हुन्छन् । तर लगानीकर्ताले हरेस नखाई मार्केट , सरकार र नियामक निकायप्रति सकारात्मक धारणा बनाउने हो भने घाटा भने खानु पर्ने हुन्न ।
सम्झनै पर्ने कुरा के हो भने कम्पनीहरुको अस्वभाविक मुल्य बृद्धि भईरहेको हुन्छ तर वित्तिय विवरण राम्रो भएको हुदैन त्यस्ता कम्पनीको अध्यन नगरि लगानी गर्दा भने फसिन सकिन्छ । त्यसैले आजको भोली नै शेयर बजारमा लगानी गर्दा नाफा कमाउन सकिन्न पुँजी लगानी गर्दा अध्यन गरेर जानेर बुझेर नै गर्नु पर्ने हुन्छ ।अहिले सेयरमा लगानी गर्न सुरु गरेका धेरै जना नयाँ लगानीकर्तालाई बजार र कारोबारका विषयमा जानकारी निकै कम छ । यस आधारमा सर्वसाधारण लगानीकर्तामा वित्तीय साक्षरताको कमी रहेको पाइन्छ ।
पुँजी बजारमा नयाँ लगानीकर्ता भित्रिने क्रम बढे अनुसार नै नियामक निकाय र सरोकारवालाहरुले वित्तीय साक्षरतालाई बढाउन आवश्यक छ ।
सबैभन्दा महत्पूर्ण कुरा अहिले बजार बढ्दैमा खुसि हुने र घट्दै मा आत्तिहाल्ने हाम्रो बानीमा सुधार आउन् जरुरि छ ।
FACEBOOK COMMENTS