कार्तिक ८ काठमाडौं । सरकारले परिचयपत्र बिनाका कोही कसैलाई घर,कोठा र अपार्टमेन्ट भाडामा नदिन आग्रह गरेको छ ।
गृहमन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै परिचयपत्र नखुलेका व्यक्तिलाई कामकाजमा समेत नलगाउन अनुरोध गरेको हो ।
साथै मन्त्रालयले पहिचान नखुलेका विदेशी नागरिक देखिए प्रहरीलाई खवर गर्न पनि भनेको छ । ११ जना अफगान नागरिक ‘शरणार्थी’ लुकिछिपी काठमाडौमा बसेको भेटेपछि गृह मन्त्रालयले यस्तो सुचना जारी गरेको हो ।
FACEBOOK COMMENTS