काठमाडौँ । वोईन्टर फ्यासन शो हुने पक्का भएको छ । केही बर्ष अगाडि बाट नै सुरु भएको यो फ्यासन शो अत्यधिक चर्चामा थियो । हर्सोउल्लासका साथ सिजन १ समापन भएको फ्यासन शो कोभिडले गर्दा रोकिएको थियो।
फ्याशन शो मा १५ देखि २६ वर्ष उमेरका युवायुवतीले भागलिन पाउने छन् । त्यसका लागि उनीहरूले ५०० रुपैयाँ सहित आवेदन फारम भर्नु पर्ने छ । प्रतिस्पर्धीको आत्मविश्वास, शैक्षिक अभिवृद्धि तथा व्यक्तित्व विकासमा सहयोग पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना हुन लागेको हो ।
काष्ठमण्डप टेलिभिजनबाट,नाईस टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने उक्त प्रतियोगिताको देश व्यापी अडिसन मिति छिटै घोषाणा हुने प्रोग्राम प्रमुख कार्यकारी अधिकृत मोनु साहले जानकारी दिएका छन् । उक्त प्रोग्राम रुपम फिल्म्स कम्पनीबाट औपचारिक रुपामा अगाडि बढ्दै गरेको जानकारी रुपमा फिल्मसको फाउन्डर बिपिन कर्णले बताएका छन् ।
यस अघि पनि वोईन्टर फ्यासन शो सिजन १ भ्वयताको साथ समापन भएको थियो । उक्त कार्यत्रममा सबै बिद्यार्थीलाई शिशिर सिंहले कोच कोरियोग्राफी गर्नु भएको थियो । थुप्रै मात्रामा अडिसनमा आएका बिद्यार्थी मध्य २० जाना छ्नोट गरि आगाडी बढाईएको थियो । उक्त कार्यक्रममा अन्य थुप्रै कलाकार, डान्सर, ,गायक गायिकाहरुको उपस्थितिले थप मनोरञ्जन भएको थियो ।,
प्रतियोगितामा बिद्यार्थीहरुले डिजानर ड्रेस लगाएर शो केश गर्न पाउने छन् भने थुप्रै कम्पनीहरुको प्रोमोट गर्दै त्यहाँ उपस्थित बिद्यार्थीहरुले अन्य देश ,बिदेशमा गएर पनि शो गर्न पाउने छन् । शोबाट केही उपाधि,टाईटलहरु पनि पर्दान गरिने छ भने छनोटमा नपरेका तर यस कार्यक्रम र अन्य कार्यक्रममा काम गर्न ईच्छुक भएका पिद्यार्थीहरुलाई संस्थासँग आवद्ध गराई काम दिईनेछ ।
प्रतियोगिता छिटै नै आयोजना गरिने आयोजक टिमले जनाएको छ ।
पछिल्लो समयका केही तस्वीरहरु :
FACEBOOK COMMENTS