काठमाडौँ । सरकारले हैजाविरुद्धको खोप ल्याउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले यही आइतबार २ लाख ५२ हजार हैजाविरुद्धको खोप आउन लागेको बताएका हुन्। हैजा विरुद्धको ‘ओरल कोलेरा भ्याक्सिन’ विश्व स्वास्थ्य संगठनको सहयोगमा आउन लागेको हो ।
‘संक्रमण तथा मृत्यु दर घटाउनको लागि खोपले काम गर्ने छ ।आउने हप्तादेखि नै खोप लगाउन सुरु गरिनेछ,’ पौडेलले भने ।’ कपिलवस्तुमा हैजाको संक्रमण भएपछि हालसम्म १० जनाको मृत्यु भएको छ । डा पौडेलका अनुसार कपिलवस्तुको ५ वटा पालिकामा खोप वितरण गरिनेछ ।
कपिलवस्तुको कृष्णनगरपालिकामा असोज १८ गतेदेखि झाडापखालाका बिरामी देखिन सुरु भएको थियो । झाडापखालाबाट वडा नं ७, ८ र ९ प्रभावित बनेका छन् ।मन्त्रालयका अनुसार आजको दिनसम्म तथ्यांक हेर्ने हो भने १ हजार ३५६ जना संक्रमित बनिसकेका छन् जसमा ६ जनाको मृत्यु भइसकेको छ । हाल ६ जनाको उपचार गराइरहेका छन् ।
FACEBOOK COMMENTS