काठमाडौं । पेशी तोकेर पनि खाली रहेका सर्वोच्चका सवै इजलासहरुमा ईतिहासमै पहिलो पटक खाली वहस भएको छ ।
स्वतन्त्र कानून व्यवसायी अभियानमा आवद्ध कानून व्यवसायीहरुले पहिलोपटक सर्वोच्च अदालतलमा खाली इसजलासमा वहस गरेका हुन । अधिवक्ता स्वागत नेपालको नेतृत्वमा, अनिल उपाध्याय, कृष्ण प्रसाइ, दिपेन्द्र घिमिरे, शिरिधर न्यौपाने, नानीवावु दहाल, पृथ्वीनाथ राई, दिपक खनाल, निर्मला दंगाल लगाएत १२ जना कानून व्यवसायीहरुले पेशी तोकेर पनि खाली रहेका सर्वोच्चका सवै इजलासहरुमा वहस गरेका हुन् ।
उनिहरुले इजलास भित्रको सिसि क्यामरा र न्यायाधीसका खाली कुर्सिलाई सम्बोधन गर्दे संसारमै न्यायलाई मार्ने कार्य न्यायमूर्तिबाटै हुनु मानव अधिकारको ठाडो उल्लंघन भएको वहसका क्रममा खाली इजलासमा बोलेका थिए । कानून व्यवसायीहरुको उक्त वहस इजलास अधिकृत लगाएत सर्वोच्चका कर्मचारीहरु, सुरक्षाकर्मी र पिडित सेवाग्राहीहरुले सुनी रहेका थिए ।
महिनौदेखी भोकभोकै न्यायका लागि सर्वोच्चका खाली इजलासमा न्याय कुरीरहेकाहरुले यसरी मुलुकुको सर्वोच्च निकायमै आफुहरुमाथी अन्याय भएको र यसले आम जनतामा न्यायाधीस र न्यायालयमाथीको विश्वास गुमेको प्रतिक्रिया दिएका छन् ।
नाम सार्वजनिक नगरिदिने सत्रमा एक जना बारा जिल्लाबाट आएका पिडितले भने आफु एक महिनादेखी सर्वोच्चमा मुद्दा फैसला होला भनेर कुरीरहेको तर इजलास वहिस्कारका कारण ३ दिनका लागि भनेर आएको मानिस खर्च सकिएर सडक छेउमै भोक भोकै रात विताउन वाध्य भएको प्रतिक्रिया दिएका छन् । संसारमा न्यायालयको इतिहासमै यसरी खाली इजलासमा अधिवक्ताहरुले वहस गर्नु विडम्वना भएको ।
न्यायाधीस हरिकृष्ण कार्कीकै खाली इजलासमा बोल्दै अधिवक्ता स्वागत नेपालले न्यायालयमा भइरहेको भ्रष्टाचार, विकृति र नेपाल बार एशोशिएसनकै पादाधिकारीहरु र केही बरिष्ठ कानून व्यवसायहीरुनै भ्रष्टाचारमा लिप्त भनी सार्वजनिक गरिएको प्रतिवदेन तत्काल लागु गर्न माग गरेका छन् ।
FACEBOOK COMMENTS