एउटी बलात्कारको सिकार भएकी महिला आफ्नो न्यायको लागि भोक प्यास केहि नभनि आँसु पिउँदै न्याय माग्न माईतिघरको सेरोफेरोमा फन्का मारिरहेकी छिन् । “पीडित छु , न्याय पाएको छैन , न्याय खोज्दै सडकमै मृत्यु पर्खिदै दिन र रात कटाईरहेको छु तर मेरो प्राण जान्छ होला यो सरकारले न त मलाई न्याय दिन्छ न त आफ्नो न्यायको लाज छोप्छ अब त मलाई आसै भएन” भन्दै गुनासो गरिरहेकी हुन्छिन् । म नतमस्तक उनलाई सुनिरहेँ, हेरिरहेँ र उनको तस्वीर खिचेर फर्किएँ । उनलाई न्याय पाईन्छ भनेर आश्वासन दिन मनले मानेन कारण त्यही नै थियो पढेलेखेका बुद्धिजीवी र न्यायको वकालत गर्ने सबैले आफ्नो ज्ञान भुलेर उदण्ड जो मच्चाईरहेका छन् ।
“देशको आर्थिक , सामाजिक , शिक्षा ,स्वास्थ सबै क्षेत्रको बिकास ठप्प छ । मूल्य वृद्धी बढिरहेको र महंगी आकासिएको छ । गरिव सोझा सिधा जनता मर्कामा परिरहेका छन् । यस्तो बेलामा यी न्यायका मुर्तिलाई के भएको होला ?” भन्दै माईतिघर मण्डलाको छेउमा प्यासेन्जर पर्खिरहेका एक ट्याक्सी चालक आक्रोश ब्यक्त गर्छन् ।
म स्वतन्त्र रुपमा स्वईच्छाले कलम चलाउने पत्रकार , शुक्रबार दिनभरी समाचार संप्रेषण गर्दैमा दिन बित्छ । न्यायालयको अराजक , अव्यावहारिक आन्दोलन र त्यहाँको गतिविधिले निकै नै मन कुडिएको छ ।
अघिपछि समाचार संकलन गर्न नहतारिने म शुक्रवार भने मलाई समाचार संकलन र संप्रेषण गर्न चटारो नै परेको थियो । कालो सेतो पट्टीको द्वन्द्वले अब अर्को कुन रङ्ग र कस्तो स्वभाव भएको पट्टीको जन्म गराउने हो भन्ने सोचाईले निकैबेर म सर्बोच्च अगाडिको काला कोटहरुका झुन्डलाई हेरेर टोलाउने मात्र होईन अलमल्ल नै परेको थिएँ ।
यो सब देखेर त्यहाँ उपस्तिथित धेरै पत्रकार , सेवाग्राही र सर्बसाधारण जनता अब न्यायालयमा न्याय हरायो, न्यायका लागि जाने कता ? भन्दै आत्तिएका थिए ।
बिहिवार एक वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले पत्रकारलाई आरोप लगाउँदै दिईएको अभिव्यक्तिले भने पत्रकारहरुलाई झन् उर्जा दिएको हो कि भन्ने अनुमान गरिरहेको सहकर्मी बताउँछन् । अघिल्लो दिनको तुलनामा त्यहाँ पत्रकारको बाक्लो उपस्थिति नै थियो । न्यायालयमा न्याय गुम्दैन अब न्याय दिलाउने र न्याय बचाउने भनेकै पत्रकारको हो भन्दै सबै हौसिएका थिए । सर्वोच्चमा जति नै ठूलो भुकम्प आए पनि अलिकति पनि नहल्लीने बलियो खम्बा अझै बाँकी छ यो खम्बा जबसम्म जोगिन्छ तबसम्म न्याय मर्दैन भनिरहेका थिए । यो देखेर सर्बोच्चको न्याय खुम्चिएको जसरी खुम्चिएको मेरो मन भने खुसिले निरन्तर कर्ममा लागेको छ । हेरौँ अब न्यायालयमा न्यायले कुन मार्ग लिन्छ र हामिलाई कता डोराउँछ । जहाँ जहाँ जान्छ न्यायालय त्यतैत्यतै हामी ।
FACEBOOK COMMENTS