काठमाण्डौँ — चालू आर्थिक वर्षको सात महिनामा सिमेन्ट उद्योगमा मात्रै निजी क्षेत्रले १९ अर्ब ६६ करोड ४५ लाख १२ हजार ५ सयबराबरको लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।
सरकारले अगाडि सारेको आर्थिक समृद्धिको नारालाई पूरा गर्ने र १ हजार ७५० जनालाई रोजगारी दिने लक्ष्यका साथ उद्योग स्थापनाको प्रतिबद्धता आएको हो ।
उद्योग विभागमा दर्ता भएका उद्योगको आधारमा पछिल्लो समय निजी क्षेत्र सिमेन्ट उद्योग स्थापनाका लागि आकर्षित भएको र ठूलो मात्रामा लगानी गर्न तयार भएको देखिएको छ ।
— राजधानी
FACEBOOK COMMENTS