काठमाण्डौँ — व्यापारी अजयराज सुमार्गीको कम्पनीमा आएको रकम पूर्ववत् अवस्थामा ल्याउन सर्वोच्च अदालतले दिएको आदेश डेढ महिनासम्म पनि राष्ट्र बैंकले कार्यान्वयन गर्न सकेको छैन ।
सुमार्गीले मुक्तिश्री सिमेन्ट प्रालिको नाममा विदेशबाट ल्याएको रकम शंकास्पद रहेको भन्दै त्यसलाई पूर्ववत् अवस्थामा ल्याउन सर्वोच्च अदालतले पुस २४ गते राष्ट्र बैंक र इन्भेस्टमेन्ट बैंकलाई आदेश दिएको थियो ।
आदेश दिएको करिब ४५ दिनसम्म पनि उक्त निर्देशन राष्ट्र बैंक र अन्य बैंकले पालना नगरेका हुन् ।
सुमार्गीले विदेशबाट ल्याएको रकम स्रोत नखुलेको भनी राष्ट्रबैंकले करिब ५ वर्षदेखि रोकिदिएको थियो ।
— कान्तिपुर
FACEBOOK COMMENTS