काठमाण्डौँ — स्मार्ट टेलिकम र युनाइटेड टेलिकम लिमिटेड (यूटीएलं) ले अर्बौ रुपैयाँ बराबरको बक्यौता तत्काल बुझाउन नसक्ने भन्दै प्राधिकरणलाई पत्र लेखेका छन् ।
संसद्को अर्थ समितिले प्राधिकरणलाई एक महिनाभित्र दूरसञ्चार सेवा प्रदायकबाट उठाउनुपर्ने बक्यौता उठाउन नभए अनुमतिपत्र खारेज गर्ने प्रक्रियामा जान निर्देशन दिएको थियो ।
जवाफमा स्मार्ट र यूटीएलले अहिले बक्यौता तिर्न नसक्ने बताएका हुन् ।
स्मार्ट टेलिकमले प्राधिकरणलाई १ अर्ब ४० करोडभन्दा बढी र यूटीएलले ७९ करोडभन्दा बढी रकम बुझाउन बाँकी छ ।
दुई सेवा प्रदायकले प्राधिकरणलाई पठाएको पत्रमा पुँजी वृद्धि गर्न नसकिएका कारण तत्काल बक्यौता तिर्न नसकिने व्यहोरा रहेको प्राधिकरणले जनाएको छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS