काठमाण्डौँ — सार्वजनिक संस्थानहरूको बेरुजु समस्याबारे संसद्को लेखासमितिले चासो देखाएको छ।
बेरुजु समस्या चुलिँदै जाँदा सार्वजनिक संस्थानहरूले फस्र्योटमा चासो नदेखाएको भन्दै लेखा समितिले सरकारको ध्यानाकर्षण गराएको हो।
समितिले महालेखा परीक्षकको प्रतिवेदनका आधारमा त्रिभुवन विश्वविद्यालय, पर्यटन बोर्ड, साझा प्रकाशन, आयल निगमसहित ४० वटा सार्वजनिक संस्थानको बेरुजुका विषयमा बुधबारदेखि छलफल थालेको छ।
महालेखा परीक्षकको ५५ औं प्रतिवेदनमा हालसम्मको बेरुजु रकम ५ खर्ब ८ करोड रहेको उल्लेख छ।
नेपालका सरकारी संस्थानको बेरुजु हरेक वर्ष बढदै गएको प्रतिवेदनले देखाएको छ।
सार्वजनिक निकाय तथा यसअन्तर्गत विभिन्न कार्यालयका लेखाप्रणाली चुस्त नहुँदा बेरुजु फस्र्योट चुनौती बन्दै गएको सांसदहरुको भनाइ छ।
— नागरीक
FACEBOOK COMMENTS