काठमाण्डौं – केन्द्रीय तथ्यांक विभागले आन्तरिक पर्यटक उपभोग सर्वेक्षण गर्ने भएको छ।
विभागले चार करोड रुपैयाँ खर्चेर नयाँ सर्वेक्षण गर्न लागेको विभागका निर्देशक डा. जिष्णुमोहन भट्टराईले बताए।
उनले सर्वेक्षणले टुरिजम स्याटालाइट एकाउन्ट बनाउन मुख्य भुमिका खेल्ने बताए ।
सरकारले सो सर्वेक्षण गर्नको लागि पहिला पाँच सय घरपरिवारमा पाइलट स्टडि गर्ने भएको छ।
उक्त सर्वेक्षणबाट आएको नतिजाबाट मुख्य सर्वेक्षण गर्ने विभागले जनाएको छ।
– नागरीक
FACEBOOK COMMENTS