काठमाडौं– उपराष्ट्रपति नन्द बहादुर पुनले महिलाहरुको बिशाल, धैर्यवान र सन्तुलित भूमिकाको कारण बिश्व सुन्दर भएको बताएका छन् ।
नेपाल महिला चेम्बरको आयोजनामा शक्रबार राजधानीमा आयोजित अन्तर्रा्ष्ट्रिय महिला दिवसलाई सम्बोधन गर्दै उनले सो कुरा बताउनुभएका हुन ।
जैविक हिसाबले पनि महिलाका जिनहरुको संख्या पुरुषको भन्दा बढी हुने भएकोले पुरुष भन्दा महिला शक्तिशाली हुने उनले बताए।
“इतिहासमा महिलाहरुमाथि संसारभर भएको विभेदले नारीहरुलाई सचेत र जागरुक बनाएको हो“, उपराष्ट्रपति पुनले भने । महिलाहरुले आफ्नो हक, अधिकार र अवसर प्राप्तीको लागि गरेको कठोर संघर्षको प्रतिफल स्वरूप नारी जगत आज समान दायित्व, भूमिका र अवसरका साथ राष्ट्र–निर्माणमा अघि बढेको कुरा उनले बताए। उपराष्ट्रपति पुनले आधा धर्ति ढाक्ने नारीहरुको अधिकारलाई नेपालको संविधानले सुनिश्चित गरेकोले महिलाहरुको सहभागिताको दायरा फराकिलो भएको कुरा समेत उल्लेख गरे ।
देशको अर्थतन्त्र माथि उकास्न आयात र निर्यातको क्षेत्रमा महिलाहरुको सहभागिताले ठुलो योगदान दिएको चर्चा पनि उनले गरे ।
तर आज देशमा यति ठुलो परिवर्तन भएपनि महिलाहरुलाई हुने घरेलु हिंशा र बलात्कार जस्तो जघन्य अपराधमा कमि आउँ नसकेकोमा उनले चिन्ता प्रकट गरे ।
कार्यक्रमलाई संबोधन गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले यस पटकको अन्तर्रा्ष्ट्रिय महिला दिवसको मूल ’नारा’ “अझैं राम्रो सन्तुलन, अझैं राम्रो संसार“ को मर्म अनुसार नेपाल चेम्बर अफ कमर्स लागिरहेको कुरा उल्लेख गरे ।
सन् २०१८ मा गठन गरिएको नेपाल महिला चेम्बरले बिश्व बैंकको प्रतिबेदनमा उल्लेख भएको लक्ष्य हाँशिल गर्न नेपाल महिला चेम्बर लागिरहेको कुरा समेत उनले उल्लेख गरे । विश्वभर महिला व्यवसायीहरुको संख्या एक अर्ब पुर्याउने लक्ष्य विश्वबैंकको प्रतिबेदनले उल्लेख गरेको छ ।
नेपालको संबिधानमा भएको व्यवस्थाकै कारण राष्ट्र–प्रमुख र व्यवस्थापिकाको प्रमुखमा महिलाको उत्कृष्ट भूमिका र क्षमता देखिइसकेकोले मौका पाए महिलाहरुले देश हाँक्न सक्छन् भन्ने कुरा समेत उनले उल्लेख गरे ।
नेपाल महिला चेम्बरका सभापति उर्मिला श्रेष्ठले नेपाली नारीहरुको संघर्षको कारण आज राज्यका निकायहरुमा ३३ प्रतिशत कोटा प्राप्त भएको कुरा बताईन । नारीहरु चुल्हो र चौकोमा मात्र सिमित हुने बिरासतमा नारिहरुकै भूमिकाको कारण परिवर्तन भएको र राज्यको नीति निर्धारण र कार्यान्वयनको तहमा पुग्न सकेको कुरा औल्याउदै नेपालको संविधानले नारीहरुलाई जति अधिकार प्रदान गरेको छ, त्यो प्रयाप्त नभएको समेत उनले तर्क गरिन ।
जनसंख्यामा ५० प्रतिशत भन्दा बढी नारी जगतले राज्यका निकायहरुमा एक–तिहाई मात्र प्राप्त गर्नु अझैं पनि विडम्बनाको बिषय भएको कुरा उनले उल्लेख गरिन ।
कार्यक्रममा युरोपियन युनियनका राजदुत बेरोनिका कोडीले शुभकामना मन्तब्य व्यक्त गरेकी थिईन । त्यस्तै बिभिन्न क्षेत्रमा उत्कृष्ट पेशा–व्यवसाय गरेका ९ जना महिलाहरुलाई नेपाल महिला चेम्बरले सम्मान गरेको छ । उपराष्ट्रपति नन्द बहादुर पुन द्वारा गरिएको सम्मान पाउनेहरुमा विधाता श्रेष्ठ, कृष्ण कुमारी पौडेल, लाक्पा फुटी शेर्पा, मिरा भट्टराई, शिब कुमारी डंगोल, सुलोचना श्रेष्ठ नेवा, मंजु मिश्र, अनुपमा खुन्जेली र लक्ष्मी शर्मा छन् ।
कार्यक्रममा काठमाडौँ स्थित बिभिन्न दुतावासका महिला राजदुत र प्रतिनिधि तथा नेपाल महिला चेम्बर र नेपाल चेम्बर अफ कमर्ससंग सम्बन्धितको उललेख्य संख्यामा उपस्थिति रहेको थियो ।
FACEBOOK COMMENTS