काठमाण्डौँ — मुगुका चारवटै स्थानीय तहको बजेट खर्च निराशाजनक देखिएको छ।
तीनवटा चौमासिक सकिन लाग्दा पनि स्थानीय तहमा विनियोजित विकास बजेट लक्ष्यअनुसार खर्च हुन सकेको छैन।
पुँजीगत खर्चतर्फ कूल १७ करोड ६४ लाख विनियोजन भएकोमा हालसम्म पाँच प्रतिशत मात्रै खर्च भएको योजना शाखा प्रमुख केशरबहादुर रावलले जानकारी दिए।
स्थानीय तहले विकास निर्माणका योजनाको तेस्रोे चौमासिक सकिन लाग्दासमेत बजेट खर्च गर्न मुस्किल परेपछि अन्तिम चौमासिकमा बजेट सक्नकै लागि गुणस्तरहीन काम हुने आशंका उत्पन्न भएको छ।
— अन्नपुर्ण
FACEBOOK COMMENTS