काठमाण्डौँ — पछिल्लो ११ वर्षको अवधिमा नेपालमा ६ हजारभन्दा बढी मोडलका मोबाइल सेट भित्रिएका छन्।
नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार सन् २००८ देखि हालसम्म नेपालमा ६ हजार एक सय मोडलका मोबाइल भित्रिएका हुन्।
नेपालमा भारत, भियतनाम र चीनलगायत मुलुकबाट मोबाइल सेट आयात हुन्छ।
प्राधिकरणले सन् २००८ देखि उपकरण आयातगर्दा टाइप अप्रुभल लिनुपर्ने नियम लागू गरेको थियो।
दूरसञ्चार ऐनमा उल्लेख भएअनुसार मोबाइल सेट, रेडियो उपकरण, वाइफाइ, ट्याबलेट, ब्लूटूथलगायत उपकरण तथा नेटवर्कले यस्तो स्वीकृति लिनुपर्ने व्यवस्था छ।
६ हजार दुई सय ५७ वटा मोडलका मोबाइल आयात भएको प्राधिकरणका उप–निर्देशक विनोदचन्द्र श्रेष्ठले जानकारी दिए।
— अन्नपुर्ण
FACEBOOK COMMENTS