काठमाण्डौँ — सेयर लगानीकर्ताहरुले उपत्यकाबाहिरबाट विक्री नभएको हकप्रद सेयरको लिलामीमा भाग लिन पाउने भएका छन् ।
धितोपत्रको हकप्रद निष्काशन प्रक्रियालाई थप सहज, समावेशी तथा लगानीमैत्री वनाउन हकप्रद निष्काशन पश्चात विक्री नभएको हकप्रद सेयरको लिलामी प्रक्रियामा काठमाण्डौ उपत्यका वाहिरका देशको प्रादेशिक संरचना तथा आर्थिक रुपमा सक्रिय तथा धितोपत्र कारोवारको अवस्था समेतका आधारमा देशका विभिन्न् स्थानहरुवाट समेत आवेदन दिन सक्ने व्यवस्था गर्न नेपाल धितोपत्र बोर्डले मर्चेन्ट वैकरहरुलाई परिपत्र गरेको छ ।
यस व्यवस्थावाट धितोपत्रको हकप्रद निष्काशन पश्चात विक्री नभएको हकप्रद सेयर लिलाम प्रक्रियामा लगानीकर्ताले सहज तथा सरल ढंगले आवेदन दिन सक्ने तथा धितोपत्र वजारको क्षेत्र अझ विस्तार भइ देशव्यापी हुने वोर्डको अपेक्षा रहेको पनि जनाएको छ ।
— कारोबार
FACEBOOK COMMENTS