काठमाण्डौँ — प्रदेश–१ सरकारको बजेट खर्च अत्यन्तै निराशाजनक देखिएको छ ।
चालू आर्थिक वर्ष सकिन साढे तीन महिना मात्रै बाँकी छ ।
तर, बितेको साढे ८ महिनाको खर्च हेर्दा निराशाजनकसँगै प्रदेश सरकारको काम गर्ने शैलीमाथि प्रश्न खडा गरेको छ ।
चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले ३५ अर्ब ९३ करोड ६० लाख बजेट विनियोजन गरेको थियो ।
हालसम्म ४ अर्ब ५६ करोड रुपैयाँमात्रै खर्च गर्न सफल भएको छ प्रदेश सरकार । पुँजीगततर्फ २ अर्ब ११ करोड ७३ लाख र चालूतर्फ २ अर्ब ४३ करोड ९५ लाख रुपैयाँ खर्च भएको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो बताउँछन् ।
समग्रमा सरकारले चालू आर्थिक हालसम्म १२.६८ प्रतिशत खर्च गरेको छ ।
प्रदेश सरकारले चालूतर्फ १४.३० प्रतिशत बजेट खर्च गरेको छ भने पुँजीगततर्फ १२.६८ प्रतिशत खर्च गरेको छ ।
सबैभन्दा धेरै भौतिक पूर्वाधार विकास मन्त्रालयले १४.५ प्रतिशत खर्च गरेको छ ।
— कारोबार
FACEBOOK COMMENTS