काठमाडौंं – सामान्य प्रशासन मन्त्रालयले करिब २० हजार नयाँ कर्मचारी भर्ना गर्न प्रक्रिया अघि बढाएको छ ।
कर्मचारी समायोजन पुरा भएपछि घटीमा १५ र बढीमा २० हजार नया कर्मचारी आवश्यक रहेको भन्दै सामान्य प्रशासन मन्त्रालयले सो तयारी अघि बढाएको हो ।
आगामी आर्थिक वर्षको शुरुबाटै नियुक्ति गर्ने गरी कर्मचारी भर्नाको गृहकार्य अघि बढाएको सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जानकारी गराए ।
संविधानमा प्रदेश लोकसेवा आयोग नबनेसम्म संघीय लोकसेवाले नै कर्मचारी भर्ना गर्ने प्रावधान रहेको छ ।
मन्त्रालयका अनुसार बैशाख सम्ममा अपुग दरबन्दीको विवरण निकालिने छ ।
मन्त्री पण्डितले भने ‘नयाँ आर्थिक वर्ष साउन १ गतेदेखि कर्मचारी भर्ना गर्ने तयारी गरिरहेका छौं ।’ – समचारपत्र
FACEBOOK COMMENTS