काठमाडौं – नेपाल धितोपत्र बोर्डले क्रस बोर्डर लिस्टिङ र ट्रेडिङ गर्ने प्रक्रिया अघि बढाएको छ ।
नेपालमा दर्ता भई कारोबार सञ्चालन गर्दै आएका कम्पनीहरुको शेयर कारोबार विदेशी स्टक एक्सचेञ्ज कम्पनीहरुमा गर्न सक्ने र नेपालको स्टक एक्सचेञ्जले पनि विदेशी कम्पनीहरुको शेयर सूचिकृत गरी कारोबार गर्न सक्ने व्यवस्था गर्न उक्त प्रक्रिया अघि बढाइएको हो ।
शेयरको क्रस बोर्डर कारोबारका लागि नेपालका संस्थाहरुको लेखापरीक्षण अन्तराष्ट्रिय प्रणालीअनुरुपको हुनुपर्ने बताउँदै बोर्डका अध्यक्ष कार्कीले नेपालको लेखा प्रणाली र रिपोटिङ प्रणालीसँग अन्य देशको प्रणाली मेल खाएको अवस्थामा मात्र विदेशी स्टक एक्सचेञ्जमा नेपाली कम्पनीहरु दर्ता हुनसक्ने बताएका हुन् ।
त्यसरी विदेशी स्टक एक्सचेञ्जमा सूचिकृत भई कारोबार हुन चाहने कम्पनीहरुलाई लेखापरीक्षण अन्तराष्ट्रिय स्तरको बनाउन समेत उनले सुझाव दिएका छन् ।
नेपाली कम्पनीहरुको शेयरको सूचीकरण विदेशमा हुनुपर्ने माग विभिन्न उद्योगी एवं उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले गर्दै आएका छन् ।
यद्यपि विद्यमान् कानूनअनुसार नेपाली लगानीकर्ताले विदेशमा लगानी गर्न नपाउने अवस्थामा यसरी विदेशी स्टक एक्सचेञ्जमा हुने सूचीकरणले नेपाली पुँजी विदेशमा लगानी गर्नुअघि त्यो कानूनी व्यवस्था संशोधन गर्नु आवश्यक हुन्छ ।
FACEBOOK COMMENTS