काठमाण्डौं — जर्मनी नेपालको ऊर्जा र वैकल्पिक क्षेत्रमा थप सहयोग गर्न इच्छुक देखिएको छ ।
नेपालका लागी जर्मनी राजदूत रोलान्ड सेफरले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँगको भेटमा ऊर्जामा सहयोग गर्न इच्छुक रहेको बताए ।
सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा बिहीबार भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा भएको छलफलमा उनले स्मार्ट ग्रिडको अवस्थाका बारेमा समेत चासो राख्दै यसमा सहयोग गर्न तयार रहेको बताए ।
ऊर्जामन्त्री पुनले जर्मनीले ऊर्जा र वैकल्पिक ऊर्जाको क्षेत्रमा पु(याउँदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग रहने विश्वास व्यक्त गरे ।
— कारोबार
FACEBOOK COMMENTS