काठमाण्डौँ —जनता बैंकले लम्कीचुहा नगरपालिका वडा नं.४, बलियामा नयाँ शाखा विस्तार गरेको छ ।
सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहोराले बलिया शाखाको उद्घाटन गरे ।
यस शाखा उद्घाटनको अबसरमा सोही स्थानमा यस बैंकको आयोजना र धनगढी नेत्रालय आँखाँ अस्पतालको प्राविधिक सहकार्यमा निःशुल्क आखा शिविर पनि आयोजना गरिएको थियो ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत आयोजना गरिएको उक्त बृहत आखा शिविरमा निःशुल्क औषधी र चस्मा वितरण गरिएको थियो ।
१ हजार जना भन्दा बढीको आँखाँ परिक्षण गरिएको उक्त आँखाँ शिविरमा छानिएका मोतिबिन्दु सम्बन्धि बिरामीको धनगढी नेत्रालयमा मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने छ ।
हालसम्म बैंकले मुलुकभर १ सय २९ वटा शाखा कार्यलय, ९६ एटिएम, ५० शाखा रहित बैंकिङ, ३ एक्स्टेनसन काउन्टर र १ सिमित्त बैंकिङबाट करिव ६ लाख ग्राहकहरुलाई सहज र सरल बैंकिङ सेवा पु(याइरहेको छ ।
FACEBOOK COMMENTS