काठमाडौँ– नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले जनताको हीतका लागि सिइओ र सञ्चालकको उमेर हद तोकेको बताएका छन् ।
अर्थ समितिको बैठकमा उनले बैंक तथा वित्तीय संस्थामा प्रबद्र्धक÷सञ्चालकहरुको ८ प्रतिशत मात्र पूँजी हुन्छ, बाँकी ९२ प्रतिशत सर्वसाधारणकै पूँजी रहेकाले उमेर हत तोकोको स्पष्ट पारेका छन् ।
उनले धेरै सोच विचार गरेर बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत र सञ्चालकहरुलाई उमेर हद तोकेको बताए
गर्भनर नेपालले बैंक तथा वित्तीय संस्थाहरु संकटमा परे भने त्यसको जिम्मेवारी सरकार र नियामकले लिनुपर्ने भन्दै विदेशका मोडल हेरेर उक्त निर्णय गरिएको दाबी गरे ।
उनको निर्णयमा आलोचना गर्नेलाई प्रश्न गर्दै भने–‘अधिकांश जनताको पैसाबाट चलेका बैंक तथा वित्तीय संस्थाका सीईओ र सञ्चालकलाई ६५ र ७० वर्ष उमेर हद तोक्दा के गलत भयो र ?’
बैठकमा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले बाफिया संसोधन गरेर मात्र सीईओ र सञ्चालकको उमेर हद तोकेको भए राम्रो हुने बताएका थिए ।
FACEBOOK COMMENTS