तर, कृषि सचिव युवकध्वज जिसीले भने मूल्य बढाउने निर्णयबारे आफूलाई कुनै जानकारी नभएको बताए। उनले भने, ‘मूल्य बढेको कुरा थाहा छैन, भेरिफाइ गर्छु।’
उपभोक्ताले अब प्रतिलिटर दूधको ७६ रुपैयाँ तिर्नुपर्नेछ। यसअघि ७० रुपैयाँमा बिक्री वितरण हुँदै आएको थियो। नयाँ भाउ अनुसार ६९ प्रतिशत किसानले र ३१ प्रतिशत उद्योगीले पाउनेछन्।
झाका अनुसार यसअघि २०७४ भदौ १ मा दूध प्रतिलिटर ६ रुपैयाँ बढाइएको थियो।
दुग्ध सहकारीहरुले मूल्य नबढाए भदौ १ गतेदेखि आन्दोलन गर्ने चेतावनी दिएका थिए। उनीहरुको आन्दोलनमा डेरी उद्योग संघहरुले पनि समर्थन जनाएका थिए।
सरकार, उद्योगी, किसानका प्रतिनिधिबीच पटक पटकको वार्ताबाट दूध प्रतिलिटर १० रुपैयाँ बढाउने सिफारिस गरेको थियो।
-कान्तिपुर
FACEBOOK COMMENTS