काठमाडौं । सरकारले आज कात्तिक १ गते सार्वजनिक विदा दिएको छ ।
संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा मंगलबार सरकारले देशैभर सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै आज सार्वजनिक बिदा दिने जनाएको हो ।
शताब्दी पुरुष जोशीको आइतबार बिहान ललितपुरको किष्ट अस्पतालमा मृत्यु भएको थियो । उनको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए ।
FACEBOOK COMMENTS