काठमाडौं,कार्तिक १४- वोमी लघुवित्त वित्तीय संस्थाले बिक्री नभएको संस्थापकतर्फको ६२ हजार कित्ता बढी शेयर लिलाम गर्ने भएको छ ।संस्थाले पहिलो पटक लिलाम आह्वान गर्दा बिक्री नभएको ६२ हजार १८३ कित्ता संस्थापक शेयर कात्तिक २१ गतेदेखि दोहोर्याएर लिलाम खुला गर्ने भएको छ।
कम्पनीले यी शेयर कार्तिक २१ देखि २८ गतेसम्म लिलाममा राख्ने भएको हो । शेयर लिलाम प्रक्रियाको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । लिलामी प्रक्रियामा सर्वसाधारणदेखि कम्पनी तथा संघसंस्था सहभागी हुन पाउनेछन् । न्यूनतम १ हजार कित्ता सेयर र अधिकतम १० ले भाग जाने संख्यामा ४० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । प्रतिकित्ता न्यूनतम रु. १०० तोकिएकोले बोलकबोल गर्दा सोभन्दा बढी गर्नुपर्नेछ ।
आवेदनका लागि सिद्धार्थ क्यापिटल नक्साल, लघुवित्तको केन्द्रिय कार्यालय भरतपुर, सिद्धार्थ बैंकका शाखा कार्यालयहरु विराटनगर, विर्तामोड, वीरगञ्ज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुङ, बुटवल, घोराइ, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट पाइनेछ।
FACEBOOK COMMENTS