काठमाडौं, कार्तिक १४ – प्रभु बैंकको लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको १६.८४ प्रतिशत लाभांश राष्ट्र बैंकले कार्तिक ८ गते स्वीकृति दिएको हो ।
बैंकको असोज १७ गते बसेको १६० औं संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.८४२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताब गरेको थियो। बैंकले १ अर्ब ४२ करोड २८ लाख २७ हजार ९५३ रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताब गरेको हो।
राष्ट्र बैंकले स्वीकृत गरेपछि अब प्रभु बैंकले आफ्नो वार्षिक साधारणसभाबाट अनुमोदन गरी आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्नेछ ।