काठमाडौं,कार्तिक १७ – नेपाल बंगलादेश बैंकले १२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
बैंकको सञ्चालक समितिको गत असोज १५ गते बसेको बैठकले लाभांश वितरणको गर्ने निर्णय गरेको हो । बैंक सञ्चालक समितिले लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर र ७ प्रतिशत बोनस सेयर(कर सहित) दिने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभाबाट पारित गरेपछि मात्र सेयरधनीहरुलाई लाभांश वितरण गर्ने बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS