काठमाडौं, कार्तिक १९- ग्लोबल आइएमई बैंकले पहिलो ३ महिनामा ७३ करोड ३१ लाख ४४ हजार खुद नाफा आर्जन गरेको छ ।अघिल्लो आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा बैंकको नाफा ४०.५५ प्रतिशतले वृद्धि भएको हो ।
आर्थिक वर्षको२०७५/७६को सोही अवधिमा बैंकले ५३ करोड ५८ लाख ४४ हजार खुद मुनाफा आर्जन गरेको थियो । बैंकले असोज मसान्त अवधीमा वितरण योग्य नाफा भने २८ करोड ११ लाख रुपैयाँ आर्जन गरेको हो ।
त्यसै गरी बैंकले अघिल्लो वर्षको सोही अवधिको तुलनामा निक्षेपमा ७.४१ प्रतिशतले वृद्धि गर्दै १ खर्ब २८ अर्ब ९९ करोड २ लाख ३३ हजार पुर्याएको छ ।
बैंकको आधार ब्याज दर ९.४४ प्रतिशत रहेको छ भने कष्ट अफ फण्ड ७.१३ प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी २८.८७ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १६५.७० रुपैयाँ छ ।
१० अर्ब ४३ करोड ६५ लाख १५ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा ४ अर्ब १ करोड ३२ लाख २६ हजार राखेको छ । प्रथम त्रैमासमा बैंकले १ अर्ब ५६ करोड ४७ लाख २७ हजार खुद ब्याज आम्दानी गरेको छ जुन गत आर्थिक वर्षको भन्दा ३०.२९ प्रतिशतले बढी हो ।
हाल ग्लोबल आइएमई र जनता बैंक मर्जर प्रक्रिया अन्तिम चरणमा रहेका छन् ।
FACEBOOK COMMENTS