काठमाडौं, कार्तिक १९- महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौ प्रवेश गर्ने टिपरमा नयाँ नियम लागु गर्ने भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा र टिपर व्यवसायी बिच भएको छलफलमा नयाँ नियम लागू गर्ने निर्णय गरिएको हो । नयाँ नियम अनुसार अब उपत्यकाभित्र प्रवेश गर्ने टिपरले पछाडि दुवै भागमा नम्बर प्लेट राख्नुपर्ने छ ।त्यसै गरी अगाडिपट्टी सीसामाथि सजाउन राखिएको झल्लरी हटाउनु पर्ने, ठुलो आवाजमा गीत, संगीत सुन्न राखिएका वुफर हटाउनुपर्ने र लुकिङ ग्लास पनि दुरुस्त राख्नुपर्ने भएको छ ।
नयाँ निमय १५ दिनभित्र लागू गरिने महाशाखाले जनाएको छ । महाशाखाले काठमाडौँ–सिन्धुपाल्चोक रुटमा सञ्चालन हुने हेलम्बु यातायातको छत पनि हटाइउने भएको छ । ।
FACEBOOK COMMENTS