काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले चैतबाटै औसत ब्याजदर अन्तर दर (स्प्रेड दर) घटाउनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समीक्षासँग सम्बन्धित निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
जसअनुसार चैतबाट वाणिज्य बैंकहरुले औसत ब्याजदर अन्तर ४.२ प्रतिशत कायम गर्नुपर्नेछ ।
हाल ४.४ प्रतिशतको सीमा छ । त्यस्तै असारदेखि भने ४.० प्रतिशतमा झार्नुपर्नेछ । त्यस्तै विकास बैंक र फाइनान्स कम्पनीहरुले चैतबाट ४.८ प्रतिशत र असारदेखि ४.६ प्रतिशतमा झार्नुपर्नेछ ।
निक्षेपमा बैंकहरुले बचतकर्तालाई दिने औसत ब्याजदर तथा ऋणीबाट लिने औसत ब्याजदरको फरक अंक नै ब्याजदर अन्तर हो । ब्याजदर अन्तर नै बैंकहरुको वास्तविक आम्दानी हो । ब्याजदर अन्तर घट्दा बैंकहरुको नाफामा प्रत्यक्ष असर पर्दछ ।
राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समीक्षामार्फत औसत ब्याजदर अन्तर घटाएको हो ।
FACEBOOK COMMENTS