काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आफूले भने जस्तो धेरै सांसदहरू संसदमा ल्याउन नसकिएको बताएका छन् ।
शपथपछि संसद भवनमा पत्रकारसँग कुरा गर्दै लिङदेनले संसदमा पार्टीले भने जस्तो संसद ल्याउन नसक्दा कमजोर भएको बताएका हुन् ।
‘अहिले खास कुनै राजनीतिक दलको बहुमत छैन । हामीले भने जस्तै धेरै साथीहरू संसदमा लिएर आउँछु भनेको थिए ल्याउन सकिएन । केही साथीहरू लिएर आएको छु । मलाई जिम्मेवारी बोध भइरहेको छ’ लिङदेनले भने, ‘आफ्नो जिम्मेवारी देश र जनताको पक्षमा अझ कुसलतापूर्वक निर्वाह गर्ने छौं ।’
FACEBOOK COMMENTS