काठमाडौं, कार्तिक २९- नेपाल इन्भेष्टमेन्ट बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा८४ करोड ४४ लाख २१ हजार खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधीमा बैंकले एक अर्ब ५ करोड नाफा कमाएको थियो ।यो नाफा अघिल्लो आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा १९.९३ प्रतिशतले कम हो ।
बैंकले यो अवधीमा रु १ खर्ब ५१ अर्ब निक्षेप संकलन गरेको छ जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.२७ प्रतिशतले बढी हो । त्यसै गरी बैंकले रु १ खर्ब ३० अर्ब कर्जा लगानी गरेको छ जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.८४ प्रतिशतले बढी हुन आउँछ ।
१२ अर्ब ८६ करोड ९७ लाख ४९ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा १० अर्ब ४२ करोड ६६ लाख ३२ हजार राखेको छ । बैंकले खराब कर्जा २.८४ प्रतिशत, आधार ब्याजदर ८.४८ प्रतिशत, कस्ट अफ फण्ड ६.३४ प्रतिशत र स्प्रेड दर ४.३६ प्रतिशत कायम छ । बैंकको प्रति सेयर आम्दानी २६.२५ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ २०४.४४ रुपैयाँ छ ।
FACEBOOK COMMENTS