काठमाडौं, कार्तिक ३०- अखिल नेपाल फुटबल संघ (एन्फा)ले चार जना खेलाडीलाई राष्ट्रिय टीमबाट बर्खास्त गरेको छ । एन्फाले कुवेत विरुद्ध स्पर्धा गर्ने राष्ट्रिय फुटबल टोलीका चारजना महत्वपूर्ण खेलाडीमाथि अनुशासनको कारबाही गरेको हो ।
एन्फाले स्टार फर्वार्ड विमल घर्तीमगर,मिड फिल्डर अन्जन विष्ट,अर्का मिड फिल्डर सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीलाई बर्खास्त गरेको हो ।
चारैजनाको स्थानमा वैकल्पिक खेलाडी भुटानको थिम्पु प्रस्थान गर्नेछन् । नेपाली टोली शनिबार अपरान्ह भुटान प्रस्थान गदैछ ।
भुटान प्रस्थान गर्नुअघि शुक्रबार अबेर राति चारैजना खेलाडी ठमेलको नाइट क्लबमा देखिएपछि मुख्य प्रशिक्षक योहान कालिनसँगको सल्लाहपछि कारबाही गरेको जनाइएको छ ।
FACEBOOK COMMENTS