काठमाडौं, मंसिर ११ – नेपालको पहिलो र बिशाल FTTH (Fiber-to-the-home) इन्टरनेट सर्भिस प्रोभाइडर भायनेट कम्युनिकेसन्स्ले संचालनको २० औं वर्षमा प्रवेश गरेको अवसरमा ग्राहकहरुको लागि ‘क्यालभ्ली अफर’नामक आकर्षक योजना बजारमा ल्याएको छ ।
यस योजनाअन्तर्गत ग्राहकहरुले मात्र रु. ३४,००० मा एक वर्षका लागि इन्टरनेट, नेट टि.भी र ६४ मेगापिक्सल क्यामरा भएको XIAOMI REDMI NOTE 8 PRO प्राप्त गर्ने छन् । त्यसैगरी मात्र रु. २७,७०० मा ग्राहकहरुले एक वर्षका लागि इन्टरनेट, नेट टि.भी र XIAOMI REDMI NOTE 8 प्राप्त गर्ने छन् । यसका साथै भायनेट इन्टरनेट प्याकेजसँग ग्राहकहरुले मात्र रु. १८,७९० देखि lv Samsung /Skyworth को ३२” देखि ४३” सम्मका LED TV हरुका साथै इन्टरनेट र फ्रि नेट टि.भी. प्राप्तगर्न सक्नुहुनेछ । यस योजना अन्तर्गत भायनेटले ग्राहकहरुलाई ३ महिनाकोलागि पनि विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराएको छ ।
सन् १९९९ मा स्थापितदभायनेट कम्युनिकेसन्स्ले भरपर्दो र राम्रो मूल्यमा ब्रोडब्यान्ड इन्टरनेट सर्भिस प्रदान गर्नमा सधैं अगाडी रहि आएको छ । आफ्नो सेवालाई काठमाडौं बाहिर विस्तार गर्दै भायनेटले हाल बनेपा, बुटवल, बिराटनगर, विरगंज, चितवन, हेटौंडा र पोखरामा समेत आफ्नो सेवा सुचारु गरेको छ ।
FACEBOOK COMMENTS