काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले नेपालको आर्थिक नीतिमा चुनौती थपिएको बताएका छन् ।
आइतबार प्रतिनिधि सभालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले आयात नियमनको असर र आपूर्तिमा आएको सुस्तताका कारण राजस्व संकलनमा दबाब परी देशको अर्थतन्त्र चरम दबाबमा रहेको बताएका हुन् ।
यसपटक सरकारले लिएको आर्थिक वृद्धिदरको लक्ष्यसमेत हासिल नहुने पौडेलले जनाए । उनले भने, ‘चालु वर्षको आर्थिक वृद्धिदर ८ प्रतिशत हासिल हुँदैन ।’
FACEBOOK COMMENTS