नेपाल उद्योग वाणिज्य महासंघमा मंगलबार र बुधबार हुने निर्वाचनमा अञ्जन श्रेष्ठ बरिष्ठ उपाध्यक्षकाे उम्मेदवार हुन् । लक्ष्मी ग्रुपका निर्देशक तथा महासंघका उपाध्यक्षसमेत रहेका श्रेष्ठ नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष समेत हुन्। पाेखराका सफल व्यवासाहीका रूपमा उदाएका श्रेष्ठ पुस्ताैनी पेशामार्फत व्यवसायमा छिरेका हुन् । उनकाे उत्पादनमूलकतर्फ सुजल फुड, सुजल प्लाष्टिक, सिद्धि लक्ष्मी स्टिल, सुजल डेरी छन्। व्यापारतर्फ लक्ष्मी ट्रेडिङ, अटोमोटिभमार्फत इलेक्ट्रोनिक्सलगायतका छन् । अर्धसरकारी संस्थान साल्ट ट्रेडिङ कर्पोरेशनमा समेत श्रेष्ठको उल्लेख्य लगानी रहेको छ। उनी ३० वर्षदेखि व्यवसायमा छन् । व्यवसायलाई विविधिकरण गरी विभिन्न क्षेत्रमा लगानी बिस्तार गरेका श्रेष्ठ सफल व्यवसायी मानिन्छन्। प्रस्तुत छ, उनीसँग मुलुकको वर्तमान आर्थिक अवस्था, निजी क्षेत्रले झेल्नु परेका समस्या र आसन्न निर्वाचनकाे तयारीका सन्दर्भमा केन्द्रित रही कर्पाेरेट खबरले गरेको कुराकानीको सम्पादित अशः
तपाइहरुको लथालिङ अर्थतन्त्र अभियान काँहा पुगेको छ ?
….. लथालिङ अर्थतन्त्र अभियान हामीले सबै जिल्ला तथा प्रदेशमा पुगेर चलायौं । अहिलेको मूलुकको अवस्था के छ भनेर थाहा पायौं । अहिलेको परस्थितिमा मुलुकको अवस्था दयनीय अवस्थामा पुगेको छ । यो अभियान अन्तर्गत हामीले एक प्रकारको देशभरका उघोगी व्यवसाहीको अवस्थाका बारेमा विज्ञसहितको टोलीले अध्ययन अभियान हो । त्यसले व्यवसाहीको अवस्था, समस्या तथा चुनौतिका बारेमा थप अध्ययन गर्ने मौका मिल्यो । त्यसमा विज्ञसहितको टोली हुनुहुन्थ्यो । एक प्रकारको छलफल तथठा बहश कार्यक्रम गरौं । जुन समस्याहरु छन् तीनीहरुको समाधानका लागि हामीले योजनासहित आगामी नेतृत्वका लागि अघि बढेका छौं । अभियान पन िनिरन्तर अघि बढ्ने छ ।
तपाई बस्तृगत उपाध्यक्ष हुनुहुन्छ, अर्थतन्त्र मात्रै होइन महासंघ नै लथालिङ्ग अवस्थामा छ, आफ्नो नीति लिएर जाने कि चन्द्र ढकालको ?
विधानको हिसबाले एउटाले चुनाव लड्छ, नेतृत्व एउटाले गर्छ । सबैको माग के छ भने भोलीको दिनमा वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने प्रत्यक्षबाट हुन पर्छ भन्ने माग छ । भोलिको दिनमा विधानमा नै फरक गनुपर्ने अवस्था आएमा प्रत्यक्षबाट नै अध्यक्ष हुन सक्ने नभए यस्तै प्रकिया हो । यसको समाधान कसरी गर्ने भन्ने कुरा भन्दा नि चन्द्र ढकाल एउटा प्रकृया लिएरर जानुहुन्छ । हामी एउटा टिम छ । त्यो टिमसंग महसांघलाई कसरी अघि बढाउने भन्ने प्रष्ट खालको भिजन छ । हाम्रो विषयवस्तुहरु छ । व्यवसाययको समस्या त एकै त हो ।
महासंघमा तपाइलाई नै किन रोज्ने त ?
म एउटा सफल व्यापारी र एउटा उत्पादन मूलक कृषी तथा डेरी उद्याेग तथा अन्य क्षेत्रका हिसाबले व्यवसायीक रुपमा सफल बनाएर आएको व्यक्ति हो । म ३० वर्ष देखि चक्लेटको व्यापार गर्दै आएको व्यक्ति हाे । जुन स्वदेशमा मात्र नभए विदेशमा पनि नियात हुन्छ । म विभिन्न पदमा बसेर त्यहाँको अवस्था बुझेको छु । समस्याको हल गर्ने तरिका बुझेकाे छु । अनुभव पनि राम्रो छ । र, सबैको प्रेरणा पनि । यहि अनुभवबाट म यहाँ आएको हो । म सक्षम छु । सवल छु । सबैले परिवर्तन चाहेका छन् । त्यो परिवर्तन गर्ने सक्ने क्षमता मसँग छ । मेरोमा सवल टिम छ, त्यसैले मेरो उम्मेदवारी हो ।
नीजि क्षेत्रको समस्या चाँही के देख्नुभयो ? कृषी क्षेत्रबाट प्रवेश गरेर, कर्पोरेटसम्म आईपुग्नु भयो, एफएनसीसीआईको अध्यक्ष हुनुभयो भने के कसरी हल गर्न सक्नुहुन्छ ?
सुरुमा चक्लेटको व्यवसाय तीन सय रुपैँयाबाट सुरु भएको हो । साना मझाौला व्यवसायको समस्या तथा ठूला व्यवसायको पनि बुछेको छु । मैले मेरो परिवारलाई पनि सघाएको हो (…..) ।
(बोल्दा बोल्दै)... अहिलेको अर्थतन्त्रको समस्या चाँहि खास के रहिछ ?
तत्कालिन कुरा गर्दा तरलताकाे अभाव समस्या हो । व्याजदरले गर्दा व्यवसाही मर्काका परेका छन् । व्यवसाहीका लागि व्यजादर महङ्गाे भयाे। व्यवसाहीका लागि लागत बढि हुनाले अहिले धेरै समस्या आईरहेको छ । व्याध्यताले सडकमा आउनु परेको छ । हामीले राष्ट्रका लागि गरेका हौं । राष्ट्रले हामीलाई सहयोग गर्नु पर्याे भनेका छाैं । हामीले तत्काल नै बैंक तथा वित्तिय संस्थालाई व्याज तिदैंनौं त भनेका छैनौं नि । तिछौं भनेका छौं । बजार घटेको छ । बजारमा तरलता नभएकाले धेरैलाई समस्या बनाएकाे छ । व्यवासाही पलायन हुनेपर्ने अवस्था छ । हामी सबैले बैंक तथा वित्तिया संस्थाबाट एकप्रकार लोन लिएका छौं । त्यसले गर्दा सबैलाई समस्या परिहरेको छ । व्याजदर घट्नै पर्छ । राज्य जिम्मेवार हुनुपर्छ र राज्यले केहि गनैं पर्छ । राज्यले केहि नगर्ने सबै व्यवसाहीले नै गर्नुपर्ने अवस्था छ । त्याे राज्य तथा नियमन निकायले केहि नगर्ने, व्यवसाहीलाई मात्रै च्यापेर हुन्छ त ?
प्रधानमन्त्रीसंगको छलफलबाट केहि पनि हल भएन नि ?
प्रधानमन्त्रीले करिब ६५ जिल्लाका प्रतिनिधिसँग ब्याजदर एकल विन्दुमा ल्याउने विषयमा प्रतिबद्धता जनाउनुभएको छ । हामीले चालु पूँजी कर्जा मार्गनिर्देशन संशोधन, रोजगारी कटौती तथा बजारले भोगेका समस्या पनि उहाँसमक्ष राख्यौँ । प्रधानमन्त्रीज्यूले समस्या समाधानमा आफू गम्भीर भएको र आफूले सक्दो प्रयास गरिरहेको बताउनुभयो । उहाँले संस्थागत निक्षेपको ब्याज घटाएर भए पनि ब्याजदरको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको छ । नेपाल राष्ट्र बैंक स्वायत्त निकाय भए पनि हामीले माग गर्ने सरकार प्रमुखको तर्फबाटै भएकाले प्रधानमन्त्रीले दिनुभएको आश्वासन कार्यान्वयन हुने र समस्या समाधान हुनेमा विश्वस्त छौँ ।
अर्थमन्त्रीले व्यजादर घटाउने भन्नुभएको छ त ?
मैले पनि केहि सुने कि नयाँ अर्थमन्त्रीले पनि व्याजदर घटाउछु भनेर छलफल गर्नु भएको छ । हामीलाई आशा छ कि बैशाख पहिलाे हप्तासम्ममा केहि राहत हुन्छ भने अपेक्षा गरेका छौं ।
नीतिगत त्रृटि हो कि के रहेछ ?
हो, त नीतिगत त्रृटि हो नि । राज्यले जहिलेपनि व्यवासाहीलाई मात्रै च्याप्ने चलन भयो। तत्कालका लागि समाधान नखोजेका कारण अहिले यो अवस्था आयो । नीजि क्षेत्रबाट धेरै लगानी आयो। तर राज्यले केहि गर्न सकेन । सरकारले व्यवासहीलाई प्रोत्साहन गर्नुपर्नेमा सधै डराई-डराई काम गर्नुपर्ने अवस्था आयाे। सुन्ने भन्दा थुन्ने मात्रै नीति तथा नियम आयो । हामी जिम्मेवार हुनु तयार छौं । तर, राज्यले लगानी गर्ने वाताबरण नै ल्याउन सकेन । ल्याएन । राज्यले व्यवसाहीलाई राम्रोसंग लगानी गर्ने अवसर
अब हुने अध्यक्षलाई सहयोग गर्नु हुन्छ कि हुन्न ?
किन नहुने, म त अध्यक्षलाई सहयोग गर्न नै जाने हो । मञ्जाले सहयोग हुन्छ, पूर्णकाल सफल बनाउने, लगानी सुरक्षा गर्ने कुरामा तथा नीजि क्षेत्रलाई सहयोग गर्नु नै मेरो कतव्य हो । बरिष्ठ उपाध्यक्षको काम हो, अधिकार हो ।
चुनावको रणनीति कस्तो छ ?
म ढुक्क छु । निर्वाचित हुनेमा म ढुक्क छु । पहिलो र दोस्रो कुरा भन्दा पनि यो प्रकृयाको कुरा हो । मलाई सबैले दिएको आड र भरोसा हो । ममात्र विजयीको कुरा गरिरहेको छैन मेरो टिमले पक्का जित्छ, जित्नु पर्छ। हामी ढुक्क छौं । हामी निर्वाचित हुन्छाैं ।
भिडियाे
FACEBOOK COMMENTS