अन्जनराज न्यौपाने
तनहुँ, ०२ पौष -जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले बुधबार पृथ्वीराजमार्ग स्थित मादी नदीको पुल नजिकै सवारीसाधन र सवारी चालकहरुलाई चेक जाँच गर्नै क्रममा क्षमता भन्दा बढि यात्रु बोक्ने १७ वटा सवारीसाधन र १९ जना सवारी चालकलाई नियन्त्रणमा लिएको छ।ट्राफिक प्रहरी कार्वाहीमा पर्ने मध्ये विद्यालयको भ्रमणमा रहेको ब्यास नगरपालिका-६ को ग्रामीण बस्तीमा रहेको महेन्द्र ज्योति माध्यमिक विद्यालयको कास्की भ्रमणका लागि भाडामा संचालनमा ल्याईएको ग१ ख ९५५५ नम्बरको २६ सिट क्षमताको बस परेको छ । बसमा सवारी चालक सहित ६० जना सवार थिए । क्षमता भन्दा बढि यात्रु बोकेकाले सवारी चेकिङमा खटिएका ट्राफिक प्रहरी टोलीले उक्त बसलाई नियन्त्रण लिएको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रहरी प्रमुख पुर्णबहादुर अधिकारीले बताए ।
प्रहरी नियन्त्रणमा लिईएको उक्त वस भ्रमणका लागि कास्कीको पोखरा तर्फ जाँदै गर्दा सिट क्षमता भन्दा बढि विधार्थी बोकेकोमा उक्त यात्रु वाहक बस बुधबार विहान ८ :३० वजे कार्बाही गरि जरिवाना तिराईएको र उक्त ६० जना विद्यार्थी सवार सवारी साधनलाई तत्कालै खाली गराई अर्को सवारी साधनमा पठाईएको ट्राफिक प्रमुख अधिकारीले जानकारी दिए।
यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालय दमौलीले विवाहका लागि भनी धादिङबाट पोखरा तर्फ जादै गरेको बा ६ च ५१७५ नम्बरको नीजि टाटा मोबाइल पिकअपलाई पनि कार्वाही गरेको छ । जम्मा २ जनाको क्षमताको जीपमा २१ जना सवार थिए । पिकअप जिपलाई बुधबार नै प्रहरीले नियन्त्रणमा लिएको हो । उक्त पिकअप जिपलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ । जन्तीलाइ भने अर्को सवारीसाधन खोजेर पठाईएको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख पुर्णबहादुर अधिकारीले जानकारी दिए।
FACEBOOK COMMENTS