काठमाडौं, पुस ६- विश्व प्रसिद्ध स्मार्टफोन कम्पनी नोकियाले ‘नोकिया २।३’ स्मार्टफोन नेपाली बजारमा ल्याएको छ ।
नोकियाले आफ्नो क्षेत्र विस्तारका लागि टेलिटक प्रा. लि. सँग साझेदारी गरी उक्त मोबाइल फोन नेपालमा भित्र्याएको हो ।टेलिटक प्रा. लि. नेपालमा बिगत दशकदेखि बिभिन्न ब्राण्डका मोबाइलहरु विक्री तथा वितरण प्रबद्र्धन लागि प्रख्यात छ ।
यसमा ६ दशमलव २ एच डीप्लस स्क्रीन छ । नोकियाका अनुसार उक्त फोनमा एआई टेक्नोलोजीद्वारा सञ्चालित डुअल क्यामेरा छ । नोकिया २.३ मा एआई टेक्नोलोजीद्वारा संचालित डुअल क्यामरा छ जस्मा ‘रेकमेन्डेड सट’ फीचर रहेको छ । एन्ड्रोइड १० भएको नयाँ नोकिया २.३ मा ३ वर्ष सम्म मासिक सेक्यूरीटी अपडेट र दुई वर्षसम्म एन्ड्रोइड ओएस अपडेट ग्यारेन्टिड छ ।
नोकिया २.३ मा हेलियो ए २२ क्वाड-कोर प्रोसेसरले पावर दिएको हुन्छ । यस्को डिभाइस सीपीयूमा २ जि बि र्याम र ३२ जि बि स्टोरेज छ, तथा स्टोरेजको क्षमता माइक्रो एस डि कार्डद्धारा ५१२ जि बि सम्म बढाउन सकिन्छ ।
यो मोबाइलको डुयल क्यामेरामा पछाडी १३ मेगा पिक्सेल प्राइमरी सूटर र २ मेगा पिक्सेल डेफ्ट सेन्सर त्यस्तै गरी अगाडी ५ मेगा पिक्सेलको वाटर ड्रप नोच सेल्फी सूटर लेन्स जडान गरीएको छ ।
नोकिया २.३ को अन्तराष्ट्रिय मूल्य १०९ यूरो छ । जसको मूल्य नेपाली बजारमा ११ हजार ९९९ रुपैयाँ रहेको छ ।
FACEBOOK COMMENTS