वीरगंज– रक्सौल–नरकटियागंज रुटमा भारतीय रेल सञ्चालनमा आएको छ।
४२ किलोमिटर दुरी रहेको यस रुटमा रेल सञ्चालनमा आएपछि नेपाल भारत सीमावर्ती क्षेत्रका हजारौ जनताको यातायात सहज हुने विश्वास लिइएको छ। हाललाई यो रुटमा चार वटा रेल चल्ने छ।
रक्सौलबाट नरकटियागंज पुग्न डेढ घण्टाको समय लाग्ने रेल्वे अधिकारीहरुले बताएका छन्। विहान ६ बजे, १० बजे, दिउँसो १ बजे र साँझ साढे ६ बजे रक्सौलबाट चार रेल छुटने कार्यतालिका राखिएको छ। रक्सौलबाट भेलवा, कगंली हल्ट, सिकटा, पूरुषोत्तमपुर, मरजादवा, गोखुला हुँदै नरकटियागंज पुग्ने छ।
लामो समयपछि रेल सञ्चालनमा आएपछि दुबै देशका सीमावर्ती गाउँका बासिन्दा रेल हेर्न नजिकको रेल्वे स्टेशन पुगेका थिए। उनीहरुले रेललाई आफनो स्टेशनमा स्वागत गर्दै खुशी साटासाट गरे।
FACEBOOK COMMENTS