काठमाडौं, पुस १७ – देशका विभिन्न ठाउँमा आज पानी र हिउँ पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान विभागले जनाएको छ । देशभर न्यून चापीय प्रणालीको प्रभावले मौसम बदली भइरहेको छ ।
बिहीबार मध्य र पश्चिमका केही ठाउँमा पानी र उच्च भेगमा हिउँ पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
अहिले सुदूरपश्चिमको डेडेलधुरा, डोटी, बैतडी आसपासका क्षेत्रमा पानी र उच्च पहाडी तथा हिमाली भेगमा हिउँ परिरहेको छ । बिहीबार पश्चिमको मौसम पूर्णरुपमा खुल्ने सम्भावना नभए पनि मध्य र पूर्वी भेगमा मौसम एकैछिन खुले पनि फेरि बादल लागिहाल्ने मौसमविद्को भनाइ छ ।
मौसम बदलि संगै वर्षा र हिमपातको संभावना रहेको र चिसो रही रहने हुनाले सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।
यस्तो रहन्छ आगामी तीन दिनको मौसम पूर्वानुमान
पौष १७ गते (बिहिबार)
दिउँसो:देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपात र पश्चिम तथा मध्यका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको तथा पूर्वका एक वा दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।
राती : देशभर सामान्य बदली रहि केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको देखिन्छ । उच्च पहाडि तथा हिमालि भु-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना देखिन्छ ।
पौष १८ गते (शुक्रबार)
दिउँसो : देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागमा मध्यम देखि भारी हिमपात र पहाडि तथा तराईका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।
राती :देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागमा मध्यम देखि भारी हिमपात र पहाडि तथा तराईका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।
पौष १९ गते (शनिबार)
दिउँसो : देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागमा हल्का देखि मध्यम हिमपात र पहाडि तथा तराईका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।
राती : देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागमा मध्यम देखि भारी हिमपात र पहाडि तथा तराईका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।
FACEBOOK COMMENTS