काठमाडौं । थ्रीस्टार हाइड्रोपावर कम्पनीको सेयरमा आवेदन दिने आज असार अन्तिम दिन हो । आवेदनकर्ताले आज कार्यालय समयसम्म मात्रै आवेदन दिन सकिने छ ।
कम्पनीले असार ५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निस्कासन गरेको थियो । कम्पनीले ७३ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, ४ लाख ९२ हजार ५०० कित्ता आयोजना प्रभावित स्थानीयका लागि सेयर निष्कासन गरिएको थियो । कम्पनीका कर्मचारीलाई १४ हजार ७७५ कित्ता र सामूहिक लगानी कोषलाई ३६ हजार ९३८ कित्ता सेयर छुट्याइएको थियो ।
बाँकी ६ लाख १३ हजार १६२ कित्तामा सर्वसाधारणका लागि निष्कासन गरेको थियो । आईपीओमा न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यसको निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS