काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तर्फको ९३६ कित्ता शेयर असार ८ गतेदेखि विक्रीमा ल्याएको छ । ज्ञानेन्द्र प्रसाद पाण्डेको नाममा रहेको उक्त शेयर प्रतिकित्ता सात सय रुपैयाँमा विद्यमान संस्थापक शेयरधनीहरूमा विक्री खुला गरिएको हो ।
धितोपत्र दोस्रो बजारमा कम्पनीको संस्थापक तर्फको शेयरमूल्य पछिल्लो कारोबार दिन प्रतिकित्ता ७८२ रुपैयाँ कायम भएको छ । बजारमूल्य भन्दा ८२ रुपैयाँ कम मूल्यमा कम्पनीको संस्थापक शेयर विक्रीमा आएको हो । यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
यो शेयर खरीदका लागि आवेदन कम्पनीको केन्द्रिय कार्यालय कमलपोखरी, काठमाडौंमा पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री गरिने जानकारी समेत कम्पनीले दिएको छ ।
FACEBOOK COMMENTS