झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले बनाएको बी एण्ड सी मेडिकल केलेज यतिबेला खण्डर बनेको छ । यहाँ भित्र रहेको साम्रागीहरु विग्रीन थालेका छन् । बाहिरको सिसाहरु पनि फुटेका छन् । सँगै रहेको छात्रवास भवन पनि वर्षाले गर्दा कुहिन थालेको छ ।
उनले आफुले बनाएको मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर र पूर्वाञ्चल अस्पताल अब आफ्नो मात्र सम्पत्ति नभएको बताएका छन् ।
अस्पताल परिसरमा पत्रकार सम्मेलन गरी प्रसाईंले भने, ‘यी भवन संरचना, उपकरण र जनशक्तिहरु अब मेरा सम्पत्ति होइनन्, नेपाल राष्ट्रका सम्पत्ति हुन्, यी सम्पत्ति यसै खेर जानु हुँदैन ।’
सरकारले २०६८ माघ २३ मा मनसाय पत्र (एलओआई) दिएपछि बैंकले कर्जा दिएको र त्यही पैसाले आफूले अस्पतालको संरचना बनाइसकेपछि सञ्चालन अनुमति नदिनुचाहिँ बेइमानी भएको प्रसाईंले बताए ।
‘शिक्षा मन्त्रालयले एलओआई दिएपछि राखेका सर्तहरुअनुसार सबै काम सकेँ,’ उनले भने, ‘सर्तअनुसार गुरुयोजना बनाएँ, भवन संरचना बनाएँ, ईआईए पेस गरेँ, ३ सय शय्याको अस्पताल सञ्चालन सुरु भयो, त्यसपछि ममाथि राजनीति सुरु भयो ।’
सबै निकायले अनुमति दिइसक्दा पनि राष्ट्रिय चिकित्सा आयोगबाट सञ्चालन अनुमति नपाएका कारण आफ्नो २०–२५ करोड रुपैयाँका उपकरणसमेत काम नलाग्ने भएको गुनासो उनले गरे ।
अन्याय अत्याचारको बिरुद्ध लड्ने मान्छे माफिया हुन नसक्ने उनको जिकीर थियो । ‘उद्योगधन्दा चलाउने, मेडिकल शिक्षामा लगानी गर्ने, शैक्षिक संस्थाहरुलाई सहयोग गर्ने मान्छे म कसरी माफिया भएँ?’, उनले प्रश्न गरे ।
राज्यले कृषकहरुलाई दिने भनेको सस्तो ब्याजदरको ऋण बास्तविक किसानहरु पाउन सकेका छैनन्, त्यो ऋण बापतको पैसा ५५ जना ब्यापारीले नै घुमाईफिराई आफैंले लिएर प्रयोग गरिरहेको व्यवसायी प्रसाईँले उल्लेख गरे ।
लघुवित्त र सहकारीका सञ्चालकहरुको जसरी भागाभाग भएको छ, त्यसैगरी अबको केही समयपछि वाणिज्य बैंकका सञ्चालकहरुको पनि भागाभाग हुने स्थिति आउने उनले बताए । वाणिज्य बैंकहरुमा समेत नेपालीहरुको बचत सुरक्षित नरहेको पत्रकार सम्मेलनमा व्यवसायी प्रसाईँले बताए ।
किसानहरुले बाली लगाउने बेला मल पाइरहेका छैनन्, नेताहरुले एक दिन हिलोमा पसेर सामाजिक सञ्जालमा फोटो पोष्ट गर्दैमा नेपाली जनताको आर्थिक अवस्थामा परिवर्तन आउन नसक्ने उनले पत्रकार सम्मेलनमा बताए ।
मेडिकल कलेज राज्यलाई बुझाउन तयार छु
व्यवसायी प्रसाईँले आफूले बनाएको मेडिकल कलेज, अस्पताल सबै राज्यलाई वा बैंकलाई बुझाउन तयार रहेको बताए । पैसा कमाउने भन्दा पनि जनताको सेवा गर्ने इच्छा रहेको बताउँदै आफूले बनाएको संरचना जसले चलाए पनि कलेज सञ्चालनमा आए आफ्नो मन सन्तुष्ट हुने बताए ।
‘राज्यले सहि निर्णय लिन नसक्दा १८ करोडको सामानमात्र कुहिएर गएको छ । छात्र आवास यतिकै बन्दा बन्दै रोकेको छ । यो विद्यार्र्थी पढाउने ठाँउ हो । डानस बार त खोलेको हैन मैले केहि शिक्षा नजिकै पाउँन भनेर खोलेको विद्यालय हो ।’ प्रसाईँले भने भने ।
बैंकले आफूलाई शोषण गरेको र ठगेको उनले आरोप लगाए । ‘बैंकसँगको सम्झौतामै एमबीबीएसको पहिलो ब्याच भर्ना भएपछि साँवाब्याज भुक्तानी गर्न थाल्ने उल्लेख छ,’ प्रसाईंले भने, ‘तर ममाथि अनेक खालका दबाब सिर्जना गरेर ७० करोड तिर्न बाध्य पारियो ।’
कलेज नै सञ्चालन गर्न नपाएपछि कसरी पैसाको जोहो हुने र कसरी साँबाब्याज भुक्तानी गर्न सक्ने भन्ने विषयमा बैंकहरुले पनि सोच्नुपर्ने र सम्झौताको पालना गर्नुपर्ने दुर्गा प्रसाईंले मात्र नभएर बैंकले पनि गर्नुपर्ने उनले बताए ।
‘यसमा मेरो कुनै गल्ती छ?’ व्यवसायी प्रसाईंले प्रश्न गरे, ‘छ भने सरकारले यो सबै सम्पत्ति आफ्नो बनाओस् तर अस्पताल चल्नुपर्छ, यहाँबाट डाक्टर उत्पादन हुनुपर्छ, वार्षिक ३ सय जना डाक्टर उत्पादन हुँदा १० प्रतिशतका दरले ३० जना गरिबका छोराछोरीले निःशुल्क पढ्न पाउनुपर्छ । योभन्दा बढी मेरो उद्देश्य छैन ।’
प्रसाईँले मिडियाले कर्मचारीलाई तलब खोउन नसकेको गल्त रहेको बताउँदै भने, ‘तलब दिन ढिलो छिटो हुन्छ तर नदिएको छैन । कान्तिपुृरले त तलब खोउन सकेको छैन । मैले त एक दुई महिनामा खोइ राखेको छु ।’
सरकारले दिएको मनसाय पत्र पेश गरेर आफूले वाणिज्य बैंकहरुसँग करीब ५ अर्ब ऋण लिएको स्वीकार गर्दै उनले भने, ‘बैंकहरुको शर्त अनुसार म ऋणको साँवाब्याज तिर्न तयार छु, त्यसमा मलाई कुनै समस्या छैन ।’
एमबीबीएसका पहिलो ब्याजका विधार्थीहरुको पढाई शुरु भएपछि बैंकको किस्ता तिर्ने शर्त रहेको छ, त्यसका लागि म सधैं तयार छु । राज्यले भनेका विभिन्न ३५ वटा शर्तपनि पूरा गरेको उल्लेख गर्दै राज्यले आफूमाथि अन्याय गरिरहेको उनको जिकीर छ ।
आफूले थालेको अभियानमा पनि बैंकको साँवाब्याज नतिर्ने कुरा कहिले नगरेको उनले बताए । ‘मैले गरिबको कर्जा मिनाहा गरौं मात्र भनेको हुँ,’ उनले भने, ‘मैले आफ्नो मिनाहा गर्नुस् पनि भनेको छैन, तिर्दिन पनि भनेको छैन, निरन्तर तिरिरहेको छु ।’
कुमारी बैंकले भने सम्झौता उल्लंघन गरेर निकासा गर्नुपर्ने कर्जा पनि निकासा नगरेको र महिनौंदेखि झुलाएकाले अदालत जानुपरेको उनले बताए । उनले धितोबन्धक गरिसकेपछि पनि कर्जा निकासा नगरेको र कर्जा निकासा नगर्ने भए धितो फुकुवा माग गर्दा पनि नगरेको जनाए ।
कुमारी बैंकबाट सम्झौताअनुसार कर्जा नपाएको भन्दै प्रसाईंले उच्च अदालत विराटनगरमा मुद्दा दर्ता गरेका छन् । उनको मुद्दा उच्च अदालत विराटनगरको इलाम इजलासमा विचाराधिन अवस्थामा छ ।
FACEBOOK COMMENTS